PRAKASH CHAND

Welcome to my official websitePC
official website

Prakash

official website

रABOUT

Title description, Dec 2, 2022
pc

Hello! I am crazy about hats these days. Some text about this blog entry. Fashion fashion and mauris neque quam, fermentum ut nisl vitae, convallis maximus nisl. Sed mattis nunc id lorem euismod placerat. Vivamus porttitor magna enim, ac accumsan tortor cursus at. Phasellus sed ultricies mi non congue ullam corper. Praesent tincidunt sedtellus ut rutrum. Sed vitae justo condimentum, porta lectus vitae, ultricies congue gravida diam non fringilla.

Sunt in culpa qui officia deserunt mollit anim id est laborum consectetur adipiscing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam, quis nostrud exercitation ullamco.


राष्ट्र बैंकद्धारा चालू आर्थिक बर्षको समष्टिगत आर्थिक तथा वित्तिय अवस्था सार्वजनिक, यस्तो छ बर्षभरीको आयात निर्यातको अवस्था

Title description, Dec 27, 2022
nrb.jpg

NEWS! BANK!

नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७८÷०७९ को बार्षिक समष्टिगत आर्थिक तथा वित्तिय अवस्था सार्वजनिक गरेको छ । केन्द्रिय बैंकले सार्वजनिक गरेको उक्त वित्तिय अवस्थमा वैदेशिक व्यापारमा चालु आर्थिक वर्ष २०७८÷७९ मा कुल वस्तु निर्यात ४१.७ प्रतिशतले वृद्धि भई २ खर्र्व ३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ४४.४ प्रतिशतले बढेको थियो । कुल गार्हस्थ्य उत्पादनमा कुल वस्तु निर्यातको अनुपात अघिल्लो वर्ष ३.३ प्रतिशत रहेकोमा समीक्षा वर्षमा ४.१ प्रतिशत रहेको छ । कुल वस्तु निर्यातमध्ये भारत तर्पmको निर्यात अघिल्लो वर्ष ५१.७ प्रतिशतले बढेकोमा आर्थिक वर्ष २०७८÷७९ मा ४५.९ प्रतिशतले वृद्धि भई .१ खर्र्व ५५ अर्ब २२ करोड पुगेको छ । वस्तुगत आधारमा समीक्षा वर्षमा भारततर्फ मुख्यतयाः पाम तेल, जिंक शिट, जुस, पोलिष्टर धागो, पिना लगायतका वस्तुहरूको निर्यात बढेको छ । भने चीनतर्फको निर्यात अघिल्लो वर्ष १४.७ प्रतिशतले घटेकोमा आर्थिक वर्ष २०७८÷७९ मा २०.४ प्रतिशतले घटेर .८१ करोड कायम भएको छ । समीक्षा वर्षमा चीनतर्फ मुख्यतयाः तयारी पोशाक, ऊनी गलंैचा, चाउचाउ, पश्मिना, प्रशोधित छाला लगायतका वस्तुहरूको निर्यात बढेको छ । अन्य मुलुकतर्पmको निर्यात अघिल्लो वर्ष २७.७ प्रतिशतले बढेकोमा आर्थिक वर्ष २०७८÷७९ मा ३०.४ प्रतिशतले वृद्धि भई ४४ अर्ब पुगेको छ । समीक्षा वर्षमा अन्य मुलुकतर्पm मुख्यतयाः ऊनी गलैंचा, तयारी पोशाक, सुन चाँदीका सामान तथा गरगहना, पश्मिना, जडीबुटी लगायतका वस्तुहरूको निर्यात बढेको छ । आर्थिक वर्ष २०७८÷७९ मा कुल वस्तु आयात २४.७ प्रतिशतले वृद्धि भई .१९ खर्र्व २० अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात २८.७ प्रतिशतले बढेको थियो । कुल गार्हस्थ्य उत्पादनमा कुल वस्तु आयातको अनुपात अघिल्लो वर्ष ३६.० प्रतिशत रहेकोमा समीक्षा वर्षमा ३९.६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७८÷७९ मा भारतबाट भएको वस्तु आयात २३.५ प्रतिशतले वृद्धि भई .१२ खर्र्व १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात ३२.१ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा भारतबाट पेट्रोलियम पदार्थ, स्पंज आइरन, हट रोल्ड शिट इन क्वाइल, कोइला, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ । चीनबाट भएको वस्तु आयात अघिल्लो वर्ष २८.६ प्रतिशतले बढेकोमा आर्थिक वर्ष २०७८÷७९ मा १३.२ प्रतिशतले वृद्धि भई .२ खर्र्व ६४ अर्ब ७८ करोड पुगेको छ । समीक्षा वर्षमा चीनबाट अन्य मेशिनरी तथा पार्टस्, दूरसञ्चारका उपकरण तथा पार्टस्, कम्प्युटर तथा पार्टपुर्जा, औषधी, लत्ताकपडा लगायतका वस्तुहरूको आयात बढेको छ । अन्य मुलुकबाट भएको वस्तु आयात अघिल्लो वर्ष १९.६ प्रतिशतले बढेकोमा आर्थिक वर्ष २०७८÷७९ मा ३६.३ प्रतिशतले वृद्धि भई .४ खर्र्व ५५ अर्ब ५१ करोड पुगेको छ । समीक्षा वर्षमा अन्य मुलुकबाट कच्चा पाम तेल, औषधी, सुन, चाँदी, यातायात उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुहरूकोे आयात बढेको छ । आर्थिक वर्ष २०७८÷७९ मा कुल वस्तु व्यापार घाटा २३.० प्रतिशतले वृद्धि भई १७ खर्र्व २० अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो व्यापार घाटा २७.३ प्रतिशतले बढेको थियो । अघिल्लो वर्ष कुल गार्हस्थ्य उत्पादन र कुल व्यापार घाटाको अनुपात ३२.७ प्रतिशत रहेकोमा समीक्षा वर्षमा ३५.५ प्रतिशत रहेको छ । समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटामध्ये भारतसँगको व्यापार घाटा २०.८ प्रतिशतले वृद्धि भई १० खर्र्व ४४ अर्ब ९३ करोड, चीनसँगको व्यापार घाटा १३.३ प्रतिशतले वृद्धि भई २ खर्र्व ६३ अर्ब ९८ करोड र अन्य मुलुकसँगको व्यापार घाटा ३६.९ प्रतिशतले वृद्धि भई ४ खर्र्व ११ अर्ब ५१ करोड पुगेको छ । कुल वस्तु व्यापार अघिल्लो वर्ष २९.९ प्रतिशतले बढेकोमा आर्थिक वर्ष २०७८÷७९ मा २६.१ प्रतिशतले वृद्धि भई २१ खर्र्व २० अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्ष कुल गार्हस्थ्य उत्पादनमा कुल व्यापारको अनुपात ३९.३ प्रतिशत रहेकोमा समीक्षा वर्षमा ४३.७ प्रतिशत रहेको छ । कुल व्यापारमा भारतसँगको व्यापार अघिल्लो वर्ष ३३.८ प्रतिशतले बढेकोमा आर्थिक वर्ष २०७८÷७९ मा २५.७ प्रतिशले वृद्धि भई १३ खर्र्व ५५ अर्ब ३८ करोड पुगेको छ । चीनसँगको कुल व्यापार अघिल्लो वर्ष २८.३ प्रतिशतले बढेकोमा समीक्षा वर्षमा १३.० प्रतिशतले वृद्धि भई २ खर्र्व ६५ अर्ब ५९ करोड पुगेको छ । त्यसैगरी, अन्य मुलुकसँगको कुल व्यापार अघिल्लो वर्ष २०.३ प्रतिशतले बढेकोमा समीक्षा वर्षमा ३५.७ प्रतिशतले वृद्धि भई ४ खर्व ९९ अर्ब ५१ करोड पुगेको छ । आर्थिक वर्ष २०७८÷७९ मा निर्यात–आयात अनुपात १०.४ प्रतिशतमा रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ९.२ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा कुल निर्यात, कुल आयात, कुल वस्तु व्यापार घाटा र कुल व्यापारमा भारतसँगको अंश क्रमशः ७७.६ प्रतिशत, ६२.५ प्रतिशत, ६०.७ प्रतिशत र ६३.९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष भारतसँगको यी अंशहरू क्रमशः ७५.४ प्रतिशत, ६३.१ प्रतिशत, ६१.९ प्रतिशत र ६४.१ प्रतिशत रहेका थिए । सेवा खाता आर्थिक वर्ष २०७८÷७९ मा सेवा खाता १ खर्व ८ अर्ब १२ करोडले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष यस्तो खाता ७२ अर्ब ८५ करोड ऋणात्मक रहेको थियो । आर्थिक वर्ष २०७८÷७९ मा सेवा क्षेत्रतर्फको आय ५४.४ प्रतिशतले वृद्धि भई १ खर्व २२ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्ष सेवा आय ४९.४ प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा सेवा खाता अन्तर्गत भ्रमण आय ३४६.५ प्रतिशतले वृद्धि भई ३२ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ८८.१ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७८÷७९ मा कुल सेवा भुक्तानी ५१.५ प्रतिशतले वृद्धि भई २ खर्व ३० अर्ब २० करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी ३.४ प्रतिशतले घटेको थियो । सेवा भुक्तानीतर्फ भ्रमण खर्च १९६.७ प्रतिशतले वृद्धि भई ९७ अर्ब ३२ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो खर्च ३८.३ प्रतिशतले घटेको थियोे । ट्रान्सफर आर्थिक वर्ष २०७८÷७९ मा खुद ट्रान्सफर आय ४.३ प्रतिशतले वृद्धि भई ११ खर्व १७ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ९.१ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा ट्रान्सफर आय ४.५ प्रतिशतले वृद्धि भई ११ खर्व २५ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ९.१ प्रतिशतले बढेको थियो । त्यसैगरी, समीक्षा वर्षमा ट्रान्सफर भुक्तानी २७.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ७२ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी ११.२ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले वृद्धि भई ?.१० खर्व ७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.८ प्रतिशतले बढेको थियो । अघिल्लो वर्षमा विप्रेषण आप्रवाहको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २२.५ प्रतिशत रहेकोमा समीक्षा वर्षमा २०.८ प्रतिशत रहेको छ । समीक्षा वर्षमा पेन्सन आय ५.७ प्रतिशतले वृद्धि भई ६१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १.३ प्रतिशतले बढेको थियो ।

TITLE HEADING

Title description, Dec 7, 2022
Runway

Dont miss! The runway in New York City this weekend is gonna be legendary!

Some text about this blog entry. Fashion fashion and mauris neque quam, fermentum ut nisl vitae, convallis maximus nisl. Sed mattis nunc id lorem euismod placerat. Vivamus porttitor magna enim, ac accumsan tortor cursus at. Phasellus sed ultricies mi non congue ullam corper. Praesent tincidunt sedtellus ut rutrum. Sed vitae justo condimentum, porta lectus vitae, ultricies congue gravida diam non fringilla.

Prakash
ABOUT

Just me, myself and I, exploring the universe of uknownment. I have a heart of love and a interest of lorem ipsum and mauris neque quam blog. I want to share my world with you.


Popular Posts


Advertise

Your AD Here

Tags

Loksewa Update Insurance Business Nepal Service Bank Province Inspire News Others Supportive Notice Trends


Inspiration

Jeans

Jeans

Men in Hats

Jeans


Follow Me


Subscribe

Enter your e-mail below and get notified on the current updates.

SUBSCRIBE

Join my mailing list to receive on the latest updates and other news.